सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन महासंघकाे माग | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन महासंघकाे माग

काठमाडौं, ८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन सरकारसँग माग गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवहारिक कठिनाईका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरुमा समेत उत्साह नदेखिएको दावी पनि गर्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको व्यवसायिक वातावरणको सूचकांकमा आएको सुधारले बाह्य लगानी भित्र्याउन उत्साह भरेको उल्लेख गर्दै साना तथा मझौंला उद्योग संचालनका लागि उत्साह भर्न आवश्यक कानुन निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यता, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शिशिर कुमार ढंगानाले भने निजी क्षेत्रका व्यवसायीहरुले सरकारको नीति, नियमसँग अपडेट नभएको भन्दै गुनासो गर्नु भयो ।

उहाँले चार वर्ष अघि निर्माण गरिएका कानुनको विषयमा पनि निजी क्षेत्रले जानकारी नलिएको बताउनु भयो । सचिव ढुंगानाले सरकारले व्यवसायिक वातावरण बनाउन पर्याप्त कानुनको तर्जुमा गरेको पनि बताउनु भयो ।