व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो : अर्थमन्त्री

काठमाडौं, ८ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पार्नु भयो ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक वातावरणको सूचकांकमा नेपाल १६ स्थानमाथि उक्लिएको थियो । अर्थमन्त्री खतिवडाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन र व्यवसायका लागि आवश्यक कानुन निर्माण भएकाले नेपालले व्यवसायिक वातावरणको क्षेत्रमा गत वर्षभन्दा सुधार हुन सकेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले करलगायतका समस्या चालू आर्थिक वर्ष भित्र सम्पन्न गरेपछि नेपाल व्यवसायिक वातावरणका सूचकांकको दृष्टिले अग्रणी स्थानमा आउने विश्वास पनि व्यक्त गर्नु भयो ।

विश्व बैंकको प्रतिवेदन अनुसार नेपाल व्यवसायिक वातावरणको दृष्टिकोणले १९० मुलुकमध्ये ९४ औं स्थानमा परेको छ । अर्थमन्त्री खतिवडाले मुलुक संघीयता कार्यान्वयनको चरणमै रहेकाले त्यसका व्यवसायिक वातावरण पनि सोचे अनुसार एकैचोटी अघि बढन नसकेको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);