यस साता नेप्से १५.७२ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यस साता नेप्से १५.७२ अंकले बढ्यो

काठमाडौं, ८ कात्तिक । सेयरबजार परिसूचक नेप्से यस साता १५ दशमलव ७२ अंकले बढेको छ । साताको पहिलो दिन ओरालो लागेर सुरु भएको बजारमा अन्तिम ३ दिन भने उकालो लाग्दा ९३ करोडको कारोबार भएको हो ।

साताको पहिलो दिन १ हजार १सय ३७ दशमलव ६९ अंकमा पुगेकोे परिसूचक साताको अन्तिम दिन बिहिवार १ हजार १ सय ४९ दशमलव ४३ अंकमा बन्द भएको थियो ।

त्यस्तै सोमबार पनि १ दशमलव ४ अंकले घटेको नेप्से मंगलबार २ दशमलव ४२, बुधबार ७ दशमलव ८ र विहिबार ६ दशमलव ७३ अंकले बढेको हो । यो साता सबैभन्दा बढि कमाउनेमा नेपाल दुरसंचार कम्पनी रहेको छ ।

दुरसंचार कम्पनीको यो साताभर ९ करोड ३० लाखको सेयर खरिदविक्री भएको छ । कारोबारका आधारमा यस साता प्रभु बैंक अगाडि आएको छ । प्रभु बैंकको ८ सय ७२ पटक सेयर किनबेच भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);