तिहारमा भिडभाड हुने मिठाई पसलहरु सामान्य अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

तिहारमा भिडभाड हुने मिठाई पसलहरु सामान्य अवस्थामा

mithai

काठमाडौं, ८ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई फूल र झिलिमिलि बत्तीहरुको मात्र नभई मिठाईको पर्वका रुपमा समेत लिने गरिन्छ ।

तिहारमा अरु समयभन्दा मिठाइको प्रयोग बढी हुने गर्छ । तर शरीरमा बिभिन्न रोग लाग्ने डरले विगतको तुलनामा मिठाईको प्रयोग कम हुँदै गएको व्यवसायीको भनाई छ । चिकित्सकहरुले पनि मिठाईको प्रयोग बढि गरेमा स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न हुने भएकोले मिठाईको प्रयोग कम मात्र गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय मानिसहरुले मिठाईको प्रयोग कम गर्न थालेकाछन । जसले गर्दा तिहारमा भिडभाड हुने मिठाई पसलहरु अहिले सामान्य अवस्थामा मात्र रहेका छन् । बढी मिठाईको प्रयोगले बिभिन्न किसिमका रोग लाग्ने डरले विगतमा जस्तो मिठाई किन्न सर्वसाधारण आउन छोडेका व्यवसायिको भनाई छ ।

मिठाई बनाउनका लागी विभिन्न किसिमका रङ तथा केमिकलहरुको प्रयोग गरिने गरिन्छ । जसले मानव स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गराउँछ । तर व्यवसायी भने सरकारी निकायहरुबाट हुने अनुगमनका कारण अहिले मिठाईमा अखाद्य वस्तुहरुको प्रयोग बन्द जस्तै भएको व्यवसायकिो दावी छ ।

बढि गुलियो तथा चिल्लो पदार्थ मिसिएका मिठाईहरुले स्वास्थ्यमा पार्ने असरका बारेमा उपभोक्ता पनि सतर्क हुन थालेका छन । त्यसैले चाडपर्वमा स्वास्थ्यको ख्याल गर्दै मिठाईको प्रयोग कम गर्न थालेको उपभोक्ता बताउँछन् ।

मिठाईहरुमा मिसाइएका विभिन्न किसिमका रङ्हरुले अल्पकालीन रुपमा झाडापखला तथा पेट दुख्ने समस्या निम्त्याउने भए पनि यसले दिर्घकालीन रुपमा क्यान्सर जस्ता रोगहरु लाग्ने भएकोले सकेसम्म मिठाईको प्रयोग नगर्न चिकित्सकहरुको सुझाव छ । मधुमेह जस्ता रोग लागेका व्यक्तिहरुले त मिठाइको प्रयोग गर्नै नहुने चिकित्सकको भनाई छ ।

परम्परागत रुपमा तिहारमा सेल रोटी, अनर्सा जस्ता परिकारको प्रयोग गरिए पनि पछिल्लो समय बजारमा बिभिन्न किसिमका मिठाईहरु पाइने गरेको छ । मिठाइको सट्टामा स्वास्थ्यलाई फाइदा गर्ने फलफुलको प्रयोगले स्वस्थ रहन सहयोग पुग्ने चिकित्सकको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);