व्यावसायिक वातावरण सूचकांकमा नेपाल एकैपटक १६ स्थान माथि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

व्यावसायिक वातावरण सूचकांकमा नेपाल एकैपटक १६ स्थान माथि

doing business 2020

काठमाडौं, ७ कात्तिक ।  विश्व बैंकले नेपाल व्यवसायिक वातावरण सूचकांक अर्थात (डुइङ विजनेश इन्डेक्स)मा एकै पटक १६ स्थान माथि उक्लिएको जनाएको छ । विश्व बैंकले एक प्रतिबेदन सार्वजनिक गर्दै नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख गरेको हो ।

प्रतिबेदन अनुसार नेपाल १६ स्थान माथि उक्लिएको छ । यसअघि १सय १० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ औ स्थानमा आइपुगेको छ ।

विश्व बैंकले व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन गरी व्यावसायिक वातावरणहरुबारे अध्ययन गरी हरेक वर्ष देशहरुको सूचकांक सार्वजनिक गर्ने गरेको छ । उसको प्रतिवेदन अनुसार नेपालले यस वर्ष ६३दशमलव २ अंक प्राप्त गरेको छ ।

गत वर्ष नेपालले ५९दशमलव ६ अंक प्राप्त गरेको थियो । तर दुई महिनाअघि विश्व बैंकले सार्वजनिक गरेको अर्को एक प्रतिवेदन अनुसार व्यावसायिक वातावरणमा सुधार गर्ने २० मुलुकहरुको सूचीमा नेपाल छैन । १६ स्थानले माथि उक्लिए पनि नेपालमा अझै व्यवसाय गर्ने झन्झट भने कायमै रहिरहेको प्रतिवेदनले औंल्याएको छ ।

नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको प्रतिबेदनमा उल्लेख छ । भारत यस अघि १सय ४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ ।

डुइङ विजनेश इन्डेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ । सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);