सरकारले बैज्ञानिक ढंगले काम गर्न सकेन : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सरकारले बैज्ञानिक ढंगले काम गर्न सकेन : गगन थापा

काठमाडौं, ६ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।
 
पूर्वमन्त्री समेत रहनु भएका काँग्रेस नेता थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दावी पनि गर्नु भयो ।
 
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको ईतिहासमै बलियो सरकार बनेपनि त्यसले बैज्ञानिक ढंगले काम गर्न नसकेको पनि बताउनु भयो ।
 
काँग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको पनि बताउनु भयो ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);