बैतडीमा भएको डोजरकाण्ड छानबिन गर्न समिती गठन | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

बैतडीमा भएको डोजरकाण्ड छानबिन गर्न समिती गठन

manis mathi dojar

प्रेम भाट
बैतडी, ६ कात्तिक । बैतडीमा सडक खन्दा स्थानीय व्यक्तिमाथि डोजर लगाइएको घटनाको छानबिन हुने भएको छ । सत्यतथ्य छानविनको लागि जिल्ला प्रशासन कार्यालय बैतडीले छानविन टोली गठन गरेको छ । टोलीले दसरथचन्द नगरपालिका वडा नं. ९ मा पुगेर घटना स्थलमा अनुगमन गर्ने भएको हो ।

बैतडीको दसरथचन्द नगरपालिका वडा नं. ९ मा सोमवार भएको घटनाको सत्य तथ्य छानविनको लागि जिल्ला प्रशासन कार्यालयले छानविन टोली गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा पाँच सदस्यीय छानविन टोली गठन गरिएको छ । छानविन टोलीले बुधबार घटना स्थलमा गएर दुई पक्षसंग घटनाको बारेमा बुझ्न शुरु गरेको छ ।

डोजर लगाइएका घाईते महिलाका भतिजाले तत्काल सडक निर्माण रोक्नका लागि उच्च अदालत कञ्चनपुरमा निवेदन दिएका छन् । आधिकारीक नभएको उपभोक्ता समितिका अध्यक्षले दम्भका साथ सबै मनै हो भनेर जवर्जस्ती सडक खनेको पीडित पक्षको आरोप छ ।

फिल्डको प्रारम्भीक अनुसन्धानबाट सडक निर्माणमा डोजर चालकलाई उत्तेजित पारेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् छानविन समितिका संयोजक लोकेन्द्र सिह नेगीले बताउनु भयो ।

उपभोक्ता समितिले नै वडा र नगरपालिकाबाट बजेट विनियोजन नगरेको र उपभोक्ता समिति समेत गठन नगरेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् छानविन समितिका संयोजक लोकेन्द्र सिंह नेगीको भनाई छ ।

अबैधानिक उपभोक्ता समितिले आफैले पैसा उठाएर सडक खनेको पनि अनुसान्धानबाट खुल्न आएको छ । सडक खन्ने क्रममा विरोधमा उत्रेका ७ स्थानीय डोजर आक्रमणमा घाइते भएका थिए । यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरुमा चर्को आलोचना भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);