इंलिस प्रिमियर लिग: लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

इंलिस प्रिमियर लिग: लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा

epl

एजेन्सी, ४ कात्तिक । इंलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा मार्कोस रास्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकिएपनि लिभरपुलले लिग तालीकाको शीर्ष स्थान सुरक्षित राखेको छ । साथै इपिएलमा लिभरपुलले अपराजित यात्रा पनि जारी राखेको छ ।

बराबरीपछि लिभरपुलले ९ खेलबाट २४ अंक जोडेको छ । अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो । ९ खेलमा १० अंक जोडेको युनाइटेड लिग तालिकाको १३ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);