सिरि ए : युभेन्टसद्वारा बोलोग्ना २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सिरि ए : युभेन्टसद्वारा बोलोग्ना २–१ ले पराजित

juventus vs bologna

एजेन्सी, ३ कात्तिक ।  इटालियन सिरि ए फुटबलमा युभेन्टसले बोलोग्नालाई पराजित गर्दै जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो ।

खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली युभेन्टसलाई अग्रता दिलाएका थिए । लारान्गेराले २६ औ मिनेटमा गोल गर्दै खेल पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । पजनीले ५४ औ मिनेटमा युभेन्टसका लागि विजयी गोल गरे ।

युभेन्टसका लिजेन्ड जियानलुईगी बुफोन केही उत्कृष्ट बचाउ गर्दै क्लबको हार टारेका थिए । शीर्ष स्थानको युभेन्टसले ८ खेलबाट २२ अंक जोडेको छ भने बोलोग्ना ९ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);