सशस्त्र प्रहरीलाई टिम इभेन्टको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सशस्त्र प्रहरीलाई टिम इभेन्टको उपाधि

DAUDA

काठमाडौं, ३० असोज । अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगितामा टिम इभेन्टतर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफ टिमले जितको छ । बुधबार पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट शुरु भएको २२ किमी दौड, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ चार घन्टा १७ मिनेट २२ सेकेण्डमा पूरा गरी एपीएफ टिमका सन्देश विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङको जोडीले उपाधि जितेको हो ।

त्यसैगरी गुरिल्ला टिम रुकुमका दुर्गाराज बुढा, दामोदर बुढामगर र रशिला तामाङको जोडीले निर्धारित दूरी चार घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरी दोस्रो बन्न सफल भए । चीनको द के टिमका च्याङ इ झेन, पाङ यु सू र लाई यु जोनको जोडीले निर्धारित चार घण्टा २४ मिनेट ३३ सेकेण्डमा पूरा गरी तृतीय बने । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेसन एशोसियसन केएमइएले संयुक्तरुपमा आयोजना गरिएको यो कार्यक्रममा टिम इभेन्टमा २७ तथा व्यक्तिगतमा २६ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);