मृगौला झिकेको आरोपमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मृगौला झिकेको आरोपमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जना पक्राउ

nidan hospital

काठमाडौं, २९ असोज । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले उक्त अस्पतालले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);