काठमाडौं, २६ असोज । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोणको कमी भएको बताउनुभएको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आईतबार राजधानीमा गरेको एक कार्यक्रममा पुर्व राष्ट्रपति यादवले अहिलेका नेतामा स्वर्गीय कोइरालामा जस्तो मुलुक बनाउने दृष्टिकोण नभएको उल्लेख गर्नुभयो ।
पूर्व राष्ट्रपति यादवले तात्कालिन शसस्त्र द्धन्द्धको अन्त्यसंगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा कोइरालाले निभाउनु भएको भूमिका सबैका लागि स्मरणीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपालको राजनीतिक ईतिहाँसमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो
कार्यक्रममा कांग्रेस नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजाता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो ।