अमेरिकाले आफूहरुलाई सहयोग नगरेको कुर्द लडाकुको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

अमेरिकाले आफूहरुलाई सहयोग नगरेको कुर्द लडाकुको आरोप

kurdish fighters

एजेन्सी, २६ असोज । टर्कीश सेनाको आक्रमण खेपिरहेका उत्तरी सिरियाका कुर्द लडाकुले आफूहरुलाई सहयोग गर्नु अमेरिकाको नैतिक जिम्मेवारी भएको बताएका छन् ।

कुर्द लडाकुले अमेरिकाले सुरक्षा दिने भनेर वेवास्ता गरेको आरोप लगाउदै टर्किश सेनाको आक्रमणबाट आम नागरिक प्रभावित भएको भन्दै अमेरीकी सहयोगको अपेक्षा गरेको बताएका छन् । सिरियन डेमोक्रेटिक फोर्सेजका प्रवक्ता रेदुर खलीलले कुर्दहरुले इमान्दारीतापूर्वक कार्य गरिरहे पनि अमेरिकाले निराश पारेको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आइ एस आइ एसविरुद्ध अमेरिकाले आफूहरुलाइ प्रयोग गरेको र बीचमा त्यतिकै छाडेर गएपछि टर्किश सेनाको आक्रमणमा परेको खलिलले बताए ।

टर्कीले आतंकबाद विरुद्ध भन्दै सिरियाको सिमामा सैन्य कारबाही थालेपछि त्यसलाइ रोक्न अमेरिकामाथि पनि दवाव परिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);