इलामको माङसेबुङ गाउँपालिकामा पूर्वाधार विकासले तिब्रता पाउँदै | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

इलामको माङसेबुङ गाउँपालिकामा पूर्वाधार विकासले तिब्रता पाउँदै

टिका खतिवडा
इलाम, २५ असोज । इलामको कर्णाली मानिएको माङसेबुङ गाउँपालिकामा विकास निर्माणका कामले गति लिन थालेको छ । प्रदेश सरकारको ८ करोड रुपैयाँ बढीका योजनाहरुले कार्यान्वयनमा तिब्रता पाएको छ ।

वर्षात्को समयमा यातायातका साधन नचल्ने माङ्सेबुङमा सडक, खानेपानी, सिँचाई र पर्यटन पूर्वाधारका कामले तिब्रता पाएको हो । किराँतहरुको धार्मिकस्थल लारुम्बा, राष्ट्रिय विभुति फाल्गुनन्दको जन्मथलो, माङ्मालुङ्ग, गजुरमुखि धाम जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको माङ्सेबुङ्ग गाउँपालिका विकासमा पछाडी रहेकाले पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भइरहेका छन् ।

माङसेवुङ गाउँपालिकाले समान्य सिपबाट सम्पन्न हुने साना योजनाहरु उपभोक्ता समिति र एउटा निश्चित मापदण्डको कामलाई ठेक्का प्रक्रियाबाट गराउने निती पास गराएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले किराँतहरुको धार्मिकस्थल रहेको लारुम्बामा रिङ रोड, खेलमैदान, प्रहरी चौकी भवन, सडक, तटबन्द, गुरुयोजना कार्यान्वयन, लारुम्बामा चिडिया घर, गुरुआश्रम, प्रवेशद्धार, भ्यु टावर, विद्युत विस्तार कवर्डहल जस्ता संरचना निर्माण भइरहेका छन् । सासंद विकास कोष र प्रदेश सरकारका बिषयगत कार्यालहरुबाट योजनाहरु कार्यान्वयन हुँदै आएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिग्ङोेले बताउनु भयो ।

वर्षातका ५ महिना यातायातका साधन नचल्ने माङ्सेबुङ गाउँपालिकालाई सदरमुकाम इलाम बजार र झापाको दमक बजार जोड्ने सडकलाई कालोपत्रेको काम समेत भइरहेको छ । यसरी दुर्गम क्षेत्रहरुमा विकास निर्माणले गति पाँउदा स्थानीयहरुमा पनि खुशी छाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);