कपिलवस्तुमा तरबार र खुडा नचाई सराय नाच | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कपिलवस्तुमा तरबार र खुडा नचाई सराय नाच

saray nach

शम्भु माली
कपिलवस्तु, २५ असोज । पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्लो समयमा तराईका जिल्लाहरुमा पनि खेलिन थालिएको छ । विभिन्न समुदायको वसोवास रहेको कपिलवस्तुमा सामाजिक सद्भाव र भाईचाराको सम्वन्ध स्थापित गर्नको लागि विगत १२ बर्ष देखि सराय खेल्दै आइएको हो ।

पहाडी जिल्लाहरुमा खेलिने सराय नाच पछिल्ला केही वर्ष यता तराईका जिल्लाहरुमा पनि खेल्ने गरिन्छ । हात हतियार पञ्चेबाजासहित खुकुरी, तरबार र खुडा नचाई एकआपसमा जोडिएर ‘बाखै हो’ भन्दै सराय नाच नाच्ने गरिन्छ । कपिलवस्तुको चन्द्रौटामा विगत एक दशक यता विजया दशमीको त्रियादशीको दिन सराय नाच्न थालिएको हो । पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा बसोबास गर्ने फरक समुदायहरुमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास रहेको दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष तारा पौडेल जानकारी दिनुभयो ।

दुर्गा मन्दिरबाट निकालिएको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरमा पुगी त्यहाँबाट फुलपाती लिएर पुनः बजार परिक्रमा गर्ने गरिन्छ । परिक्रमा पछि जवाई नदीमा फुलपाती सेलाएपछि विधि पुर्वक सराय नाच समापन गरिएको छ ।

पहाडी जिल्लामा मात्र मनाइने सराय जात्रा विभिन्न समुदाय तथा जातजातिबीच सद्भावको विकासका लागि तराईमा पनि शुरु गरिएको सराय जात्रा समितिका सदस्य कमला भुषालको भनाई छ ।

विभिन्न जिल्लाबाट बसाँइ सरेर आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामा जस्तै दशैंको बेला नाच्ने सराय जात्राले धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने गरेको स्थनीयहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);