दमिनी सराय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दमिनी सराय

saraya

पाल्पा, १३ कात्तिक । गाउँका सबै जातजातिका मानिस भेला भए । स्थानीयको सहभागितामा घरबाट सराय निकालियो  ।टीका र जमराका टपरी बोकेकाको लस्कर बाजागाजासहित डाँडातिर लम्कियो ।

बोखरडाँडा मन्दिरमा धुमधाम पूजा भयो र पुजारीले ब्राह्मण, क्षत्री, मगर, दलित सबैलाई टीकारजमरा लगाइदिए । विभिन्न जाति र समुदायबीचको एकता र सद्भाव बढाउने पाल्पाको चर्चित ‘दमिनी सराय’ मेलामा सोमबार सयौं स्थानीय झुमे ।

रैनादेवी छहरा गाउँपालिका–४ मा लाग्ने यो मेला कोजाग्रत पूर्णिमापछिको पञ्चमी तिथिका दिन मनाइन्छ । ‘दमिनी’ को घरबाट सराय निकालिने यो मेलामा पुजारी पनि त्यही समुदायका हुन्छन् । जमरा पनि उनीहरूकै घरमा राखिन्छ तर बाहुन–क्षत्रीलगायत सबै जातजाति उल्लाससाथ सहभागी हुन्छन् र टीकारजमरा ग्रहण गर्छन् ।

‘जातीय एकता र सद्भाव देख्न पाइने मेला हो यो,’ स्थानीय निर्मल श्रेष्ठले भने, ‘त्यसैले त सांस्कृतिक रूपमा हामी निकै धनी छौं ।’ स्थानीयका अनुसार गाउँमा एक ‘लमिनी’ बस्थिन् । बल्ढेङगढी (रैनादेवी छहरा ७) मा छाडिएको पाडो भागेर यहाँ आएको थियो ।

बोखरडाँडामा रहेकी ‘फुस्री दमिनी’ को घरमा आएर उसले उपद्रो गर्न थाल्यो । एक्कासि लमिनी हल्लिएपछि पूजाआजा गर्दा पाडो र लमिनी शान्त भए । त्यसपछि हरेक वर्ष सराय नाच्ने चलन थालिएको स्थानीय विनबहादुर नेपालीले बताए । उनका अनुसार ‘लमिनी’ भन्दै पछि ‘दमिनी सराय’ भन्न थालिएको हो ।

स्थानीय भुवन रायमाझीले ‘दमै जातिले निकाल्ने भएकाले दमिनी सराय भनिएको’ बताए । मेलामा बोखरडाँडा मन्दिरमा विशेष पूजा हुन्छ । बत्ती बालेर हल्लिँदै नाच्ने चलन छ । छहराका वडाध्यक्ष विष्णु पोखरेलले आगामी वर्षदेखि यो मेलालाई महोत्सवका रूपमा मनाउने योजना रहेको बताए । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);