पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिनु आवश्यक: मन्त्री नेम्बाङ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिनु आवश्यक: मन्त्री नेम्बाङ

काठमाडौँ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका छन् ।

नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

अहिले मूलुकमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि बताए ।

मूलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरु बीना सम्भव नभएको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);