एजेन्सी, २५ असोज । अमेरिकाको होमल्याण्ड सेक्युरिटीका कार्यवाहक प्रमुख केविन म्याकएलीनले पदबाट राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केविनले राजीनामा दिएको एक ट्वीट मार्फत जानकारी दिएका हुन छन्।
६ महिनाअघि होमल्याण्ड सेक्युरिटीको प्रमुखको जिम्मेवारी सम्हालेका म्याकएलीनले परिवारसँग समय विताउन चाहेको भन्दै राजीनामा दिएको ट्रम्पले जनाएका छन् ।
मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीका विषयमा ट्रम्पले लिएको नीतिको कार्यान्वयको जिम्मा म्याकएलीनलाई थियो । तर उनी र ट्रम्पबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । ट्रम्पको कार्यकालमा होमल्याण्ड सेक्युरिटीको जिम्मेवारी सम्हाल्ने म्याकएलीन चौथो व्यक्ति हुन् ।




