यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडाैं, २३ असाेज । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्री बाँस्कोटाले निर्णय सार्वजनिक गर्नुभएको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय :
१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);