चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे प्रधानमन्त्रीद्वारा छलफल | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे प्रधानमन्त्रीद्वारा छलफल

pm oli chalfal

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी रहेका छन्।