अमेरिकाले अहिलेसम्म नभोगेको पीडा भोग्नुपर्ने उत्तर कोरियाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

एजेन्सी, २६ भदौ । उत्तर कोरियाले आफुमाथि युएन मार्फत अमेरिकाले कडा प्रतिबन्ध लगाउने प्रस्तावलाई थप जोड दिएमा अहिलेसम्म नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ । सयुक्त सुरक्षा परिषद्ले आफुमाथि नाकाबन्द लगाउन खोजेमा अमेरिकाले महंगो मूल्य चुकाउन पर्ने उत्तर कोरियाले धम्की दिएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार प्योङयाङमा एक विज्ञप्ती जारी गर्दै अमेरिकाको प्रस्ताव अन्यायपुर्ण रहेमा अमेरिकाले निकै ठुलै क्षतिको सामना गर्न पर्ने धम्की दिएको छ । उक्त प्रस्ताव वैधानिक रहेमा अमेरिकालाई जस्ताको तस्तै जवाफमा तहसनहस हुने गरि दिने बताएको छ । उक्त विज्ञप्तिमा अमेरिकाको प्रास्ताबिक प्रतिवेदन पास भएमा जुनसकै बेलामा पनि हमलाका लागि तयार हुने उत्तर कोरियाले जनाएको छ ।

सोमबार युएनको सुरक्षा परिषदमा उत्तर कोरियामाथि नाकाबन्दी लगाउने पर्ने भन्ने अमेरिकाको प्रस्ताबका लागि मतदान गरिने बीबीसीले जनाएको छ । प्रस्ताबलाई स्वीकार नगर्ने मुलुक चीन र रसिया रहेको छ । तर उत्तर कोरियाको आणविक परिक्षणको विषयमा भने आफु विपक्षमा नै रहेको उनीहरुको भनाइ रहेको छ ।

उत्तर कोरियाले सयुक्त राष्ट्र सघंको निर्देशनलाई वेवास्ता गर्र्दै पटक पटक आणविक हतियार परिक्षण गर्दै आएको छ । यस अघि उसले ६औँ पटक हाइड्रोजन बमको सफल परिक्षण गरिसकेको छ । जसको आणविक बम भन्दा कैयौँ गुणा शक्ति रहेको उत्तर कोरियाको दाबी छ ।