दशैँको समयमा बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब बढी रकम बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दशैँको समयमा बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब बढी रकम बाहिरियो

काठमाडौं, १७ असोज । यो वर्षको दसैं किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब भन्दाबढी रुपैयाँ बाहिरिएको छ । दसैं–तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गर्छ ।

अन्य अवस्थामा भन्दा दसैं–तिहारलगायत ठूला चाडबाडमा मानिसको किनमेल बढी हुने गरेकाले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप धेरै झिक्ने गरिन्छ । गत वर्षको भदौ मसान्तदेखि असोज मसान्तसम्म ६८ अर्ब रुपैयाँ बाहिरिएको थियो ।

यो वर्ष गएको २ सातामै करिब ४७ अर्ब रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । चाडबाडको समयमा कारोबारी मुद्राको माग धेरै हुने भएकाले बैंकिङ प्रणालीबाट धेरै पैसा बाहिरिने राष्ट्र बैंकको भनाई छ ।

बैंकहरुबाट पैसा बाहिरिएपनि वाणिज्य बैंकहरुमा ४७ अर्व निक्षेप थपिएको छ । जसका कारण बैंकहरुमा तरला अभाव कम रहेको जनाइएको छ । असोज १ गते सम्ममा २८ खर्ब ८४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप अहीले २९ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्ला साताहरूमा वाणिज्य बैंकहरूको निक्षेप घट्दो अवस्थामा थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);