भ्रमण वर्षलाई यस्ता छन् चुनौतीहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भ्रमण वर्षलाई यस्ता छन् चुनौतीहरु

basanta durbar square

प्रमिला खतिवडा

काठमाडौं, १६ असोज । भ्रमण बर्ष आउन अब ठीक २ महिना बाँकी छ । सरकारले दुई वर्षअघि नै सन् २०२० लाई नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अघि सारि सकेको छ । तर भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्ने ठोस योजना ल्याउन नसक्दा तथा धार्मिक महत्व बोकेका संरचना पुननिर्माण हुन नसक्दा भ्रमण वर्ष सफल हुने हो कि होइन भन्नेमा सर्वसाधारण, व्यापारी भने विश्वस्त हुन सकेका छैनन् ।

भ्रमण वर्ष आउन अब ६० दिन बाँकी छ । तर अहिलेसम्म सरकारले पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा न नेपाल पर्यटन बोर्डले ध्यान दिएको छ न त भ्रमण वर्ष सचिवालयले नै । पर्वतारोहण र साहसिक पर्यटन तथा धार्मिक सांस्कृतिक महत्व बोकेका सम्पदा अझै पुननिर्माण हुन नसक्दा २० लाख पर्यटक भित्र्र्याउने योजना सफल हुने नहुनेमा सर्वसाधारण अनभिज्ञ रहेका छन् । यता सरकारलाई चुनौति पनि प्रशस्त देखिएकोछ । तर सरकारकै तदारुकता कम भएकाले पुर्ननिर्माणको कामले तीव्रता नपाएको सर्वसाधारणको गुनासो रहेको छ ।

नेपालमा भारतपछि पर्यटक बढि आउने देशमा अमेरिका, ब्रिट्रेन र चीन रहेको छन् । विशेषगरी पर्यटक १५ दिनको लागि भारत आउदा ३ दिन जती नेपालमा घुम्न आउने गरेकाले विदेशीले नेपालमा खर्च कम हुने टुरिष्ट गाईड बताउँछन् । २०७४ सालको भूकम्प पछि पर्यटकको संख्यामा कमी आएपनि यो समयमा पर्यटकको संख्यामा क्रमश बृद्धि हुदै गएको छ । तर विदेशी पर्यटकलाई सेवा, सुविधा सरकारले उपलब्ध नगराएका कारण पर्यटकले समय समयमा दुख पाएको घटना सार्वजनिक भएपनि सम्बन्धित निकायले सुनुवाई नगरेको टुरिष्ट गाईडहरुको गुनासो छ ।

यता उपत्यकाभरि पर्यटकलाई आइपर्ने विविध समस्या समाधानका लागि चौबीसै घण्टा सेवा, सुरक्षा उपलब्ध गराउन तैनाथ रहेको प्रहरी प्रधान कार्यलय काठमाडौंका प्रहरी महानिरीक्षको भनाईछ ।

पर्यटन बर्षलाई सफल बनाउन सरकार यतिखेर पाचै प्रदेशमा प्रचारप्रसार गरिरहेकोछ । तथापि पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय गन्तव्यस्थलको कामले पनि अझै पूर्णता पाइसकेको छैन् । भ्रमण बर्ष १९९८ मा आशातित व्यापार हुन नसकेको भएतापनि यस बर्षमा भने केही व्यापार गरेर आम्दानी गर्नै सकिन्छ कि भनेर आशामा बसन्तपुर दरबार क्षेत्रका व्यापारी रहेकाछन् ।

काठमाडौंमा आर्थिक बर्ष २०७५/७६ मा अन्य राष्ट्रबाट ८३ हजार र सार्क राष्ट्रबाट २७ हजार ५ सय ६३ जनाले काठमाण्डौको दरबार क्षेत्र भ्रमण गरेका छन् भने आर्थिक बर्ष ७५ ७६ मा कूल २ लाख १० हजार ७ सय ७९ जना भित्रिएका छन् । यसबाट १८ करोड ७२ लाख भन्दा बढीको आम्दानी भएकोछ । त्यसैगरी आर्थिक बर्ष २०७६ ७७ को २ महिनाको अवधिमा २५ हजार ४ सय ३० पर्यटकबाट कूल २ करोड २१ लाख माथिको शुल्कमात्रै बसन्तपुर दरबार क्षेत्रबाट उठेकाले सरकारको लक्ष्य पूरा हुनेमा पर्यटन बोर्डको विश्वास रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);