जापानले रोजगारीको कोटा बढाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जापानले रोजगारीको कोटा बढाउँदै

japan-flag

काठमाडौं, १५ असोज । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउदै आवेदन खुला गरेपनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्पmत त्यहाँको सरकारलाई अनुरोध गरिएको बताए । “दूतावाससँगको छलफलमा केयरगिभरको लागि निर्धारण गरिएको कोटा १ भन्दा बढी हुने गरी बढाउने आवश्वासन प्राप्त भएको छ,” सहसचिव ढुंगानाले कारोबारसँग भने, “असोजको अन्तिम साता नेपाल र जापान सरकारबीच हुने अनलाइन बैठकमा समेत नेपालले कोटा बढाउने सम्बन्धमा अनुरोध गर्ने भएको छ ।”

नेपाल र जापानको रोजगारी सम्बन्धमा देखिएका समस्यामा छलफल गर्न दुवै देशका ३/३ जना प्राविधिक टोली (करेस्पोन्डेन्ट टिम) तोकिएको छ । यही टिमले जापानको रोजगामा देखिएका विभिन्न सुधारका पक्षमा छलफल गर्नेछन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);