महरा प्रकरणको निष्पक्ष छानवीन गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महरा प्रकरणको निष्पक्ष छानवीन गर्न कांग्रेसको माग

sashank koirala

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भिर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानवीन गर्न सरकारसँग माग गर्नु भएको छ ।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानवीन गरेर आवश्यक निर्णय लिनुपर्ने बताउनु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानवीन भएर तत्काल निर्णय लिनुपर्ने’ पनि स्पष्ट पार्नु भयो । सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गर्नु भयो । उहाँले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);