गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य हुँदैन : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य हुँदैन : बाबुराम भट्टराई

Baburam-bhattrai-1

काठमाडौं, १४ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गर्नु भएको छ ।

समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहनु भएका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी पनि दिनु भयो ।

कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेखे हुने उहाँको भनाई छ । दशैंको अवसर पारेर गोरखा पत्रकार मंचले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन संचार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ संचार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै संचार माध्यामले सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।