प्रदेशपिच्छे परराष्ट्रः प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

प्रदेशपिच्छे परराष्ट्रः प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्ने

pararastra mantralaya

काठमाडौं, १४ असोज । सरकारले सबै प्रदेशमा परराष्ट्र प्रतिनिधि पठाएको छ । प्रदेश सरकारको कूटनीतिक भेटघाट व्यवस्थित बनाउन र अभिलेख राख्न परराष्ट्रका प्रतिनिधिको व्यवस्था गरिएको हो ।

परराष्ट्रसचिव शंकरदास बैरागीले सातै प्रदेशमा मन्त्रालयका प्रतिनिधि पोस्टिङ भइसकेको जानकारी दिए । ती प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्नेछन् ।

सुरुमा मुख्यमन्त्री कार्यालयमातहत राखेर काम गराउने सरकारी तयारी थियो । ‘उहाँहरुले प्रदेशमा जहाँ रहेपनि मुख्यमन्त्री र प्रदेश प्रमुखको कूटनीतिक मामिला समन्वय गर्ने हो । यसमा विवाद गर्नुपर्ने देख्दिनँ,’ सचिव वैरागीले भने, ‘प्रदेशमा रहेर काम गरे पनि उहाँहरु परराष्ट्रमार्फत क्रियाशील हुनुहुन्छ ।’

कूटनीतिक सेवाको अधिकृतमा नाम निकालेका सात जनालाई प्रशिक्षण दिएर प्रदेशमा पहिलो जिम्मेवारी दिएर पठाइएको छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

ताजा समाचार