महोत्तरी सदरमुकाम जोड्ने हुलाकी मार्गको अवस्था नाजुक | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

महोत्तरी सदरमुकाम जोड्ने हुलाकी मार्गको अवस्था नाजुक

गोपाल झा
महोत्तरी, १३ असाेज । महोत्तरीका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुलाई सदरमुकाम जलेश्वरसम्म जोड्ने हुलाकी मार्गको ३० किलोमिटर मध्ये १० किलोमिटर सडकमा खाल्डाखुल्डी र हिलोले यात्रुहरुलाई सास्ती भएको छ ।

लगातारको बर्षा र अदुरदर्शी तथा अव्यवस्थित मर्मत सम्भारको कार्यले गर्दा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बिगत एक सातादेखिको लगातार बर्षा र सम्बन्धित निकायको लापरबाहीका कारण महोत्तरीका अधिकांस सडकमा यातायातका साधन संचालनमा अवरोध आएको छ ।

१० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरी जिल्लाका २ नगरपालिका जलेश्वर मनरा सिस्वा र ३ गाउँपालिका एकडारा, सम्सी तथा सोनमाको सदरमुकाम जलेश्वर जोड्ने मुख्य सडकको रुपमा रहेको करिव ३० किलोमिटर हुलाकी मार्ग मध्ये १० किलोमिटर सडकमा जहाँतँही खाल्डाखुल्डी र हिलोले यातायातमा समस्या भएको हो ।

हिलो तथा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । सामान्य झरीमा समेत सडक हिलाम्मे हुने गरेका कारण यो मार्ग भएर यात्रा गर्ने यात्रुहरु जोखिममा रहेका छन् ।

यस्तो अवस्थामा समेत सरोकारवाला निकाय र ठेकेदार कम्पनी मौन रहेको सर्वसाधारणको गुनासो छ । महोत्तरीका मुख्य मार्ग सहित लोक मार्गहरु मर्मतका लागि तीनै तहको सरकारले बर्षेनी बजेट छुट्याउने भएपनि गुणस्तरहीन काम हँुदा यात्रुले सास्ती भोग्नु परेको सर्वसाधारणको गुनासो छ ।

सरकारको हुलाकी राजमार्गलाई मर्मत सम्भार र कालोपत्रे गर्ने योजना अनुसार यस सडकको सदरमुकाम जलेश्वर देखि हर्दी खोलासम्मको सडक निर्माण गर्ने जिम्मा रोशन कंस्ट्रक्सनले लिएको छ ।

तर कामले गति लिन सकेको छैन । करिब डेढ बर्ष अघि देखि सडक बनाउने क्रममा बिभिन्न ठाउँमा कलभर्ट बनाउने र माटो लेबल गर्ने काम जारी रहेकाले सडकमा भएका खाल्डा खुल्डीमा पानी जमेर हिलाम्मे बनेको छ ।

सडकको हिलो अनि खाल्डाखुल्डीका कारण बिरामी बोकेर सदरमुकाम जलेश्वर अस्पतालसम्म एम्बुलेन्स समेत जान सक्ने अवस्था नरहेको एकडारा हेल्थपोस्टका एम्बुलेन्स चालकको भनाई छ ।

यता, सडक निर्माणको जिम्मा पाएको रोशन कन्स्ट्रक्सनका ईन्जिनियर वासुकीनाथ मण्डलका अनुसार सडकको काम भई रहे पनि आषाढमा आएको बाढीका कारण निर्माण कार्य अबरुद्ध भएको हो । उहाँले अबको २ महिनामा सडक सामान्य रुपमा सुचारु हुने बताउनु भयो ।

दैनिक आवतजावत गर्ने यात्रुहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । सडकमा चिप्लिएर दैनिक जसो दुर्घटनाहरु भईरहेका छन् । यस्तो अवस्थामा सडक सुधारका लागि तत्काल पहल गर्न आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);