जोखिममा डिजिटल बैंकिङ | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

जोखिममा डिजिटल बैंकिङ

atm chori

काठमाडौं, १३ असोज । चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए । पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो।

नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका छैनन्। यो घटनामा प्रभु बैंकले २ करोड ४५ लाख, ग्लोबल आईएमईले ४६ लाख, सनराइजले २५ लाख, माछापुच्छ«ेले २१ लाख, एनआईसी एसियाले १७ लाख, सिटिजन्सले ३ लाख ४५ हजार र जनताले २ लाख रुपैयाँ गुमाए। त्यसमध्ये १ करोड २६ लाख स्वदेशी र थप ५० लाख रुपैयाँजति विदेशी पैसा बरामद भएको छ।

७ असोज २०७६ : कृषि विकास बैंकको ट्रेजरीबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्ति र संस्थाको खातामा रकमान्तर गरी लुट्ने प्रयास भयो। उक्त घटनामा पिटर नामका व्यक्तिले भारतमा बसेर नेपाली नागरिकलाई प्रयोग गरी ५ अर्ब लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले अन्य अभियुक्तलाई समाते पनि पिटरसँग उनीहरूको सम्बन्धबारे अनुसन्धान अधिकृत स्पष्ट हुन सकेका छैनन्।

विगतमा पनि दर्जनौं पटक विदेशी नागरिकले नेपालका एटीएम बुथबाट पैसा चोरी गरेका थिए। उच्चस्तरीय प्रविधि प्रयोग गरी एकैपटक ठूलो परिमाणमा पैसा लुट्ने प्रवृत्ति देखिएको छ। साइबर सुरक्षाका जानकार विवेकशमशेर राणा हालैका घटनाबाट ‘काल पल्किएको’ आभास भएको बताउँछन्। ‘अब काल पल्किएको छ’, उनी भन्छन्, ‘हामी यसप्रति सचेत हुन जरुरी छ।’यो समाचार आजको अन्नपुर्ण पोस्ट्मा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);