यस्तो कम्पनी जहाँ कर्मचारीले आफ्नो तलब तथा सुविधा आफैं तोक्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

यस्तो कम्पनी जहाँ कर्मचारीले आफ्नो तलब तथा सुविधा आफैं तोक्छन्

us doller

एजेन्सी, ८ असोज । यो दुनियाँमा हामीले देखेका जानेका कम्पनीहरु सबैले कर्मचारीको तलब तथा सुविधा आफैं तोक्दछन् । अर्थात् कर्मचारी वा कामदारलाई आफ्नो तलब आफैं तोक्ने अधिकार हुँदैन, भलै तलब भत्ताका लागि सौदावाजी गर्न सक्दछन् ।

तर यो दुनियाँमा एउटा यस्तो कम्पनी पनि रहेछ जहाँ काम गर्ने कर्मचारीले आफ्नो तलब आफ्नै तोक्ने गर्दछन् । आफूलाई मन लाग्दा आफ्नो तलब आफैं बढाउन पनि सक्दा रहेछन् ।

उक्त कम्पनीको नाम ग्रान्ट ट्री लिमिटेड हो । बेलायतको राजधानी लण्डनमा यो कम्पनी रहेको छ । विभिन्न व्यावसायिक फर्महरुलाई सरकारी कोष दिलाउनका लागि यो कम्पनीले सहयोग गर्दछ । उक्त कम्पनीमा काम गर्ने एक महिला कर्मचारीले हालै आफ्नो तलब आफैं बढाइन् । पहिले उनको तलब वार्षिक ४३ लाख रुपैयाँ बराबर थियो भने अहिले झण्डै ५३ लाख रुपैयाँ भएको छ ।

बीबीसीको रिपोर्ट अनुसार २५ वर्षकी सिसिलिया मन्डुकाले आफ्नो तलब आफैं वार्षिक झण्डै साढे ९ लाख रुपैयाँले बढाइन् ।

आफ्नै तलब बढाउन पाउँदा कसले नबढाउला र ? तर मन्डुकाले भने आफ्नो तलब बढाउँदा धेरै कुरा सोचिन् । आफ्नो काममा परिवर्तन आएको र आफ्नो कामको लक्ष्य भन्दा पनि धेरै उपलब्धि हासिल गरेको आधारमा उनले तलब बढाउने निर्णय गरेकी हुन् ।

यो कम्पनीमा कर्मचारीहरुले आफ्नो तलब आफै बढाउनु अघि आफ्ना सहकर्मीहरुसँग तलब वृद्धिको प्रस्ताव राख्नु पर्दछ । साथीहरुले त्यस्तो प्रस्तावको समर्थन गर्नुपर्ने हुन्छ ।

यो कम्पनीमा ४५ कर्मचारी काम गर्दछन् । सबैलाई आफ्नो तलब तोक्न तथा घटबढ गराउने अधिकार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);