बन्चरे ल्यान्डफिल साइटको काम रोक्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

बन्चरे ल्यान्डफिल साइटको काम रोक्ने चेतावनी

fohor
काठमाडौं, ८ असोज । धादिङ र नुवाकोट सिमानास्थित बन्चरे क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको करिब पाँच हजार रोपनी जग्गा अधिग्रहण नगरे निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।
सरकारले मंसिरदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले यस्तो चेतावनी दिएका हुन्।
शहरी विकास तथा भवन निर्माण विभागले बन्चरे डाँडा ल्यान्डफिल साइटको एक दर्जनभन्दा बढी संरचना निर्माण गरिरहेको अवस्थामा स्थानीयले आफ्नो माग पूरा गर्न नसकेको भन्दै फोहोर रोक्ने चेतावनी दिएका हुन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार