राजधानीको फोहोर फाल्न नयाँ ठाउँको खोजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २४ भदौ । सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको छ। नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका स्थानीयवासीले पटकपटक अवरोध खडा गरेपछि ओखरपौवाबाट २ किमि दूरीमा पर्ने बञ्चरे डाँडामा विकल्प खोजिएको हो।

उक्त ठाउँमा ल्यान्ड फिल्ड साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुने छ। त्यहाँ मानव बस्ती पनि छैन। शुक्रबार नुवाकोट ओखरपौवावासी र सम्बन्धित सरकारी निकायबीच भएको वार्ता निश्कर्षमा पुग्न सकेन। वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सिसडोलबाट फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाबाट २ किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडाबाहेक अर्को विकल्प नभएको बताए। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);