दसैंमा फोहोरले छोपिँदै राजधानी : १३ वर्षसम्म सोचिएन कुनै विकल्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दसैंमा फोहोरले छोपिँदै राजधानी : १३ वर्षसम्म सोचिएन कुनै विकल्प

काठमाडौँ, ७ असोज । सरकार समयमै गम्भीर नहुँदा राजधानीका सडकमा पछिल्ला महिना पटक–पटक फोहोर थुप्रिन थालेको छ । ०६२ सालमा तीन वर्षका लागि नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न थालिए पनि १३ वर्षसम्म कुनै विकल्प अघि नबढाउँदा बारम्बार देखिने समस्याका कारण राजधानी दुर्गन्धित हुने क्रम रोकिएको छैन।

०६५ देखि सिसडोलको विकल्पका रूपमा कम्तीमा ५० वर्षका लागि सोही क्षेत्रको बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई समयमै पूर्णता नदिँदा समस्या बल्झिरहेको हो ।काठमाडौंबाट फोहोर लिएर गएका दुई ट्रिपर चालकलाई साइट प्रभावित स्थानीयले बिहीबार हातपात गरेपछि राजधानीको फोहोर उठ्न छाडेको छ । विभिन्न बहानामा सिसडोलमा एक साताअघि पनि अवरोध भएको थियो । मुआब्जा, सडक स्तरोन्नति, लिचड व्यवस्थापन, एम्बुलेन्स उपलब्ध र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनजस्ता विषयलाई लिएर स्थानीयले साइट अनिश्चितकालीन बन्दको घोषणा गरे।

समाधानका लागि कार्यदल बन्यो । समितिले अध्ययन गरी प्रतिवेदन पेस गर्ने सहमति भयो । राजधानीमा बढीमा तीन सातासम्म फोहोर नउठेको र तत्कालीन कार्यकारीअधिकृत दिनेश थपलियाको ३० महिने अवधिमा २३ पटक अवरुद्ध भयो । त्यसअघि एक बालकलाई ट्रिपरले ठक्कर दिएको भन्दै अवरोध भयो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सिसडोलमा फोहोरको सगरमाथा भइसकेकाले फोहोर फाल्ने ठाउँ नभएको बताए। ‘बञ्चरेडाँडालाई ल्यान्डफिल साइट नबनाएसम्म सधैं यस्तै भइरहन्छ, सिसडोलमा जबर्जस्ती फालेका हौं’, उनले भने, ‘ललितपुर महानगर, कीर्तिपुर र भक्तपुरको केहीसमेत गरी दैनिक ८ सय मेट्रिक टन फोहोर व्यवस्थापन गर्नु छ, दोष काठमाडौं महानगरपालिकाले मात्रै खान्छ। अब सरकारले बञ्चरेडाँडा नबनाएसम्म समस्यैसमस्या हुन्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);