‘असन्तुलित’ कूटनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘असन्तुलित’ कूटनीति

काठमाडौं, ८ असोज । छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदै छ। यही बेला चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले लिएको प्रशिक्षणलाई कूटनीतिज्ञले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन्।

उदाउँदा दुई आर्थिक शक्तिबीच नेपाल रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नै पर्छ। चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ। उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ। छिमेक नीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञको टिप्पणी छ। यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन्।

सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेश नीतिमा असामञ्जस्य आउने उनीहरूको तर्क छ। नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ। राजनीतिकशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन्। ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो। हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं’, उनले मंगलबार अन्नपूर्णसँग भने, ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था)मा केन्द्रित छ। विचारै मिल्दैन। अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);