एजेन्सी, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकअर्काको प्रशंसा गरेका छन् । अमेरिकाको टेक्सासमा भएको ‘हाउडी मोदी’ कार्यक्रमको क्रममा ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।
अमेरिकाको इतिहासमा कुनै पनि विदेशी नेताको समर्थनमा यति ठूलो ¥याली भएको र त्यसमा अमेरिकी राष्ट्रपति सहभागी भएको यो पहिलो पटक हो । ह्युस्टनमा भएको कार्यक्रममा झण्डै ५० हजार जनाको सहभागिता थियो । मोदी र ट्रम्प स्टेजमा उक्लनु पूर्व सहभागीलाई ९० मिनेटसम्म ४०० सय प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरिएको थियो । ट्रम्पले सम्बोधनका क्रममा अमेरिकाको सच्चा साथी भारतीय प्रधानमन्त्री संग उभिन पाउँदा खशी भएको बताए भने भारतीय प्रधानमन्त्री मोदीले पनि भारत अमेरिकाको सच्चा साथी रहेको बताए ।