अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् मोदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् मोदी

narendra modi

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उहाँलाई अमेरिकी सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेको बताइएको छ ।

सभामुख केभिन म्याकार्थी, सिनेट बहुमतका नेता चक शुमर, सिनेट रिपब्लिकन नेता मिच म्याककोनेल र हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिजले हस्ताक्षर गरेको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री मोदीले पनि अमेरिकी सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने घोषणा गर्नुभएको हो । योसँगै अमेरिकी कङ्ग्रेसको संयुक्त बैठकलाई दुई पटक सम्बोधन गर्ने प्रधानमन्त्री मोदी एकमात्र भारतीय नेता हुनुहुनेछ । यो विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई अमेरिकाले दिने सर्वोच्च सम्मानमध्ये एक हो ।

सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेता मोदीले तीनै जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसँग द्विपक्षीय र बहुपक्षीय भेटघाटका लागि आधा दर्जनभन्दा बढीपटक अमेरिकाको भ्रमण गर्नुभएको छ । यद्यपि राजकीय भ्रमणका निम्ति उहाँलाई अमेरिकाबाट पहिलो पटक निम्तो आएको हो । अमेरिकाले नजिकका मित्र र सहयोगीहरूलाई मात्र यस्तो सम्मान दिने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);