सामुदायिक विद्यालयका ९९ विद्यार्थीलाई ल्यापटप वितरण | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

सामुदायिक विद्यालयका ९९ विद्यार्थीलाई ल्यापटप वितरण

laptop bitaran

गोपाल झा
महोत्तरी, ५ असोज । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा पहुँच होस भन्ने उद्देश्यले महोत्तरीमा २ वटा सामुदायिक विद्यालयका ९९ जना विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाले श्री राम मावि मटिहानी र मझौरा बिसनपुरस्थित सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का ९९ जना छात्र छात्रालाई प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले ल्यापटप प्रदान गर्नु भएको हो ।

प्राविधिक शिक्षामा सबैको पहुँच होस् भन्ने उद्देश्यले महोत्तरीको मटिहानी नगरपालिकाले ९९ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरेको छ । मटिहानी नगरपालिकाको श्री राम मावि मटिहानी र मझौरा विसनपुरस्थित सामुदायिक विद्यालयका ९९ जना छात्रछात्राहरुलाई ल्यापटप प्रदान गरिएको हो । प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्नु भएको हो ।

३५ हजार मूल्य पर्ने ल्यापटपमा ६० प्रतिशत मटिहानी नगरपालिकाले र ४० प्रतिशत विद्यार्थीको लगानी रहेको छ । प्रदेशमा छात्राहरुलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री राउतले बताउनु भयो ।

कार्यक्रममा मुख्यमन्त्री राउतले प्राविधिक शिक्षाको क्षेत्रमा सिटीईभिटीमा गोरख धन्दा चलीरहेको र सिटीईभिटी लाई शिक्षा माफियाहरु आफ्नो नियन्त्रणमा लिई चलाइरहेको आरोप लगाउनु भयो ।

त्यस्तै सामाजिक विकास राज्यमन्त्री माननीय अभिराम शर्माले सैँयौ वर्ष पुरानो संस्कृत विद्यालयलाई गूरुकुलको रुपमा विकसित गर्न प्रदेश सरकारले पहल गरी रहेको बताउनु भयो ।

बिद्यार्थी र अबिभावकहरुको उत्साहपूर्ण सहभागिता रहेको ल्यापटप वितरण कार्यक्रममा मटिहानी नगरापालिकाका प्रमुख हरिप्रसाद मन्डलले खडेरीको मारमा परेका स्थानीयवासीको समस्याप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रदेश सरकारले प्रदेश सरकार गठन भए लगत्तै सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममार्फत छात्रालाई ल्यापट दिने कार्यक्रम सार्वजनिक गरेको थियो । ल्यापटप वितरणसंगै स्थानीय विद्यार्थी तथा अभिभावकहरुमा हर्षाेल्लास छाएको छ । प्रदेश सरकारले लाखौं खर्च गरेर छात्रालाई ल्यापटप त वितरण गरेको छ तर यसको सही सदुपयोग हुन्छ कि हुँदैन भन्नेमा भने आशंका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);