भक्तपुर, ५ असोज । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोटको सागबारीस्थित एक कपास उद्योगमा आगलागी भएको छ । आइतबार बिहान भोजपुर सडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको मनकामना कपास उद्योगमा आगलागी भएको हो ।
आगलागी भएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट पुगेको प्रहरी, जुद्धबारुण यन्त्र, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योग पूर्ण रुपमा क्षति भएको र करिब २५ लाख बराबरको क्षति भएको अनुमान गरिएकोे छ ।