काठमाडौंको अध्यक्षमा निर्मल देउला र सचिवमा रविन्द्र श्रेष्ठ चयन –
काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई तोकेको छ ।
यसैगरी ललितपुरमा मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य, पोखरामा दिपक पौडेल र विश्व प्रकाश लामीछाने लगाएतलाई मनोनयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
जेष्ठ नागरीक मंच, केन्द्रिय अनुशासन आयोग गठन लगाएतका पार्टी एकताका बाँकि रहेका कामहरु आगामी सचिवालय बैठक मार्फत टुंगो लगाउने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको टुंगो लागेको पनि नेताहरुलाई जानकारी गराएका छन् ।