काठमाडौं, ४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलको एकता र सहकार्यबाट बनेको संविधान सफल रूपमा कार्यान्वयनको बाटोबाट अघि बढिरहेको बताएकी छन् ।
राजधानीमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले संविधान दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयनको बाटोमा अघि बढिरहेको जनाएकी हुन् ।
‘सबै दलको एकता र सहकार्यबाट लामो संघर्षपछि बनेको संविधान हाल सफलताका साथ कार्यान्वयनको अवस्थामा छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘अब आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई मरणोपरान्त ‘गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरेको छ ।
उनले कोइरालाका भाई अशोक कोइरालालाई सो सम्मान प्रदान गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पु¥याएको योगदानको समेत चर्चा गरिन् ।
यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।