यार्चा बेचेर मोटरसाइकल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

यार्चा बेचेर मोटरसाइकल

yarcha bechera motorcycle

धो ताराप, माथिल्लो डोल्पा , ४ असोज । तिब्बतसँग जोडिएका गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडाका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै ।

डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइकल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्ष मात्रै भएको छ । तर यो दुर्गम गाउँमा तीन सयभन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दूरीमा छ ।

यहाँका ६ वटै वडामा मोटरसाइकल चलिरहेका छन् । यही गाउँपालिकाको धो ताराप नेपालकै सबैभन्दा अग्लो स्थानको मानव बस्ती हो । यहाँ चल्ने मोटरसाइकल १ लाख ३० हजारदेखि ३ लाख रुपैयाँसम्मका छन् । तीन सय सीसीसम्मका मोटरसाइकल चलाउन पेट्रोल भने मुस्ताङ र दुनैबाट ल्याइन्छ । एक लिटर पेट्रोलको २ सयदेखि ३ सय रुपैयाँसम्म पर्छ ।

सीमावर्ती नाका मरिम लाबाट धो तारापसम्म एक दिनमै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । घोडा र याकबाट सामान ओसार्दा भने दुईदेखि तीन दिन लाग्छ । स्थानीयले वर्षौंदेखि मरिम लाबाट सामान आयात गर्दै आए पनि कानुनी रूपमा सीमा खुला भएको छैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल डोल्पो महोत्सव उद्घाटन गर्न गत साता धो ताराप आएका बेला स्थानीयले उक्त नाका खुला गर्न माग गरेका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);