आज विश्वकर्मा पूजा : फलामे औजार र कलाकारखानाहरुको पूजा आजा गरेर मनाईदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज विश्वकर्मा पूजा : फलामे औजार र कलाकारखानाहरुको पूजा आजा गरेर मनाईदैं

BISWOKARMA puja

काठमाडौं, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन् ।

आज कलकारखानामा रंगीचंगी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् ।

आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । यसै अवसरमा जनकपुर, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा विश्वकर्मा बाबाको भव्य पूजा गरी गरिन्छ । फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनविश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);