एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल र कुवेत बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल र कुवेत बराबरीमा

u 16 nepal

एजेन्सी, ३१ भदौ । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । सोमबार राति भएका पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे । खेलको ७४ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । बराबरीसंगै समूह ’ए’ मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७० ले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);