उत्तर कोरियाको भ्रमण गर्न ट्रम्पलाई किमको निम्तो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

उत्तर कोरियाको भ्रमण गर्न ट्रम्पलाई किमको निम्तो

एजेन्सी, ३० भदौ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरिया भ्रमण गर्न निम्तो दिएको खुलासा भएको छ ।

कूटनीतिक श्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली पत्रिका जुङगाङ इल्बोले किमले गत अगस्ट महिनामा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएको समाचार सार्जजनिक गरेको हो ।

किमले अगष्ट महिनाको तेश्रो साता पत्र पठाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भ्रमणको निम्तो दिएको बताइएको छ । पत्रमा किमले ट्रम्पसँग तेश्रो शिखर वार्ताका लागि समेत तयार रहेको भन्दै उपयुक्त समयमा उत्तर कोरियाको भ्रमण गर्न निम्तो दिइएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच पछिल्लो पटक गत जुन महिनामा कोरियाली सीमाक्षेत्रमा भेटवार्ता भएको थियो ।

गत फेब्रेअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता असफल भएपछि दुई मुलुकबीचको शान्ति वार्ता अघि बढ्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);