एजेन्सी, ३० जेठ । उत्तर कोरियाली नेता किम जोङ उनले वाशिङटन भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निम्ता स्वीकार गरेका छन् ।
उत्तर कोरियाली सञ्चार संस्था केसीएनका अनुसार सिंगापुरमा मंगलबार शिखर बैठकका क्रममा ट्रम्पले वासिङ्टन भ्रमणका लागि दिएको निम्ता किमले स्वीकार गरेका हुन् ।
किमले पनि ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्ता दिनुभएको छ । आपसी भ्रमणले दुई देशबीचको सम्बन्ध थप विकसित हुने अपेक्षा गरिएको छ । आलोचकहरुले भने भ्रमण उत्तर कोरियाली नेताका लागि प्रचारको अर्को मौका हुने टिप्पणी गरेका छन् ।




