प्रतिनिधिसभामा कांग्रेसको नाराबाजीका कारण संसद अवरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रतिनिधिसभामा कांग्रेसको नाराबाजीका कारण संसद अवरोध

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौ भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका सांसदहरुले आपत्ती जनाउँदै आ आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।

सांसद रोका क्षेत्रीको भनाईको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन् । कांग्रेसको नाराबाजीका कारण बैठक अवरुद्ध भएपछि सभामुख महराले असोज १ गते बुधबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि