काठमाडौं, २९ भदौ । भारतमा जारी एसियन साम्बो च्याम्पियनसिपमा नेपालले पाँच विधामा पदक हात पारेको छ । नयाँ दिल्लीमा जारी च्याम्पियनसिपमा नेपालले ३ रजत र २ कास्य जितेको हो ।
महिला ४४ केजीमा मिरा पौडेल, ५६ केजीमा सब्बारानी महर्जन र ६० केजीमा रचना लामाले नेपाललाई रजत दिलाएका छन् । यस्तै महिला ५२ केजीमा भगवती माझी र पुरुष ५२ केजीमा निरज भण्डारीले कास्य जितेका छन् । नेपाले कुनैपनि विधामा स्वर्ण भने हात पार्न सकेको छैन ।
भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा भइरहेको यो च्याम्पियनसिपमा नेपालबाट १५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ महिला खेलाडी र ११ पुरुष खेलाडी रहेका छन् ।