सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको चुनौति | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको चुनौति

काठमाडौं । नेपालका खेलाडीले सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौति प्रश्तुत गर्ने भएका छन् ।

आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । त्यसका लागि हुन् १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमवार भारतको हैदरावाद प्रस्थान गरेको छ । उक्त टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला र नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमवार नै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

महिलातर्पm फाइटको ४४ केजीमा लीलाकुमारी सापकोटा र सञ्चिता श्रेष्ठ, सविना तामाङले ४९ केजीमा, मुना राईले ५२ केजीमा, रोनिका पराजुलीले ५५ केजीमा, विनिता थापामगरले ४९ केजीमा र डोल्मा गुरुङले ८४ केजीमा प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्पm सुनिल महतोले ५४ केजीमा, तेन्जिङ दावा तामाङले ४९ केजीमा, अनिल खड्काले ६३ केजीमा, रोशन घिसिङले ४९ केजीमा, निर्मल लामाले ५८ केजीमा, साहिल दोङले ४९ केजीमा र रिक्साङ वाइबा तामाङले ५३ केजी तौलसमूहमा प्रतिष्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । उक्त च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले निर्णायकको भुमिका निर्वाह गर्नेछन् । त्यस्तै संघकी महासचिव अञ्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, रजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले पनि अम्पायरको भुमिका निर्वाह गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);