काठमाडौं, २९ भदौ । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
शनिबार अम्मानको जार्का सिटीस्थित प्रिन्स रंगशालामा भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । जोर्डनसँग नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा २ गोल खाएको थियो । सन् २०२० मा आयोजना हुने यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह’ ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग, शुक्रबार ताजकिस्तान र अन्तिम खेल आगमी आइतबार गते श्रीलंकासँग खेल्नेछ ।




