दीगो विकास लक्ष्य हासिल गर्न सबै क्षेत्रसँगको साझेदारी आवश्यक : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

दीगो विकास लक्ष्य हासिल गर्न सबै क्षेत्रसँगको साझेदारी आवश्यक : अर्थमन्त्री

yubraj khatiwada

काठमाडौं, २८ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्नु भयो । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तराष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन’को उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि उद्यम विकास गर्न पनि सरकारले सर्वसाधारण नागरिकलाई समेत उद्यम क्षेत्रमा सहभागी गराउन सक्दो पहल गरिरहेको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिनमाथिको स्वामित्व स्थापित गराउन कानुन बनाउने कामलाई पनि तीव्रता दिइएको बताउनु भयो ।